ग्यास्ट्रोएन्टेरोलजी र हेपाटोलोजी

ग्यास्ट्रोएन्टेरोलजी र हेपाटोलोजी

Gastroenterology and Hepatology

ग्राण्ड इन्टरनेशनल हस्पिटलको ग्यास्ट्रोएन्टेरोलोजी विभागले पाचन प्रणालीसँग सम्बन्धित रोग र अवस्थाहरूको उपचारमा विशेषज्ञता प्राप्त गरेको छ, जस्तै पेट, सानो आन्द्रा, ठूलो आन्द्रा, कलेजो, प्यानक्रियास र पित्तनली।

हामी हाम्रा शल्यक्रिया, रेडियोलोजी, पाथोलोजी र अन्य विभागसँग मिलेर पाचन प्रणालीका विभिन्न अवस्थाहरूको निदान र व्यवस्थापन गर्छौं।
• ग्यास्ट्राइटिस
• पेप्टिक अल्सर रोग
• इन्फ्लेमेटरी बाउल डिजिज
• डायरियाल रोगहरू
• कलेजोका रोगहरू
• प्यानक्रियासका रोगहरू
• ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याकको क्यान्सर।

हाम्रो समर्पित स्टाफले हाम्रो एन्डोस्कोपी विभागमा वार्षिक ६००० भन्दा बढी प्रक्रियाहरू सञ्चालन गर्दछ। यो युनिटले निम्न सेवाहरू प्रदान गर्दछ:
• UGI एन्डोस्कोपी
• कोलोनोस्कोपी
• सिग्मोइडोस्कोपी
• ERCP